मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन
समाचार

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए ।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनी सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,” उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।-सिन्ह्वा/Photo: Agency

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस