काठमाण्डाै ।
भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे निधन भएकाे छ ।
विज्ञापन
तमिलनाडुमा भएकाे हेलिकप्टर दु’र्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे ।
विज्ञापन
भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दु’र्घटना भएकाे थियाे ।
भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे ।
रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उहाँकाे परिवारसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घु पुग्नुभएकाे थियाे ।
जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे ।
याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु