मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • लिम्पियाधुरामा माओवादी केन्द्रको भव्य सम्मेलन
समाचार

लिम्पियाधुरामा माओवादी केन्द्रको भव्य सम्मेलन

लिम्पियाधुरा।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

विज्ञापन

लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

विज्ञापन

यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो। उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस