मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाैडेल
समाचार

प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाैडेल

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पाैडेलले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने बताएका हुन्।

विज्ञापन

विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान् एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनकाे भनाइ छ ।विश्वविद्यालयकाे सहकुलपति समेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

विज्ञापन

उनले भने, ‘सुदूरपश्चिम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरु बोकेको क्षेत्र हो। त्यहाँको आवश्यता र माग अनुसारको अनुसन्धामुखी शिक्षा सर्वसुलभ रुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।’

आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउँदै उनले थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए। उनले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्विद्यालयले उपलब्ध सीमीत स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए।

विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनिक तथा सांगठनिक रुपमा सबल नेतृत्व, पारदर्शीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस