On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रावलको उमेदवारी पछि फेरियो एमालेको समीकरण, नेता व्यवस्थापन गर्ने यस्तो ओलीको नयाँ रणनीति !
समाचार

रावलको उमेदवारी पछि फेरियो एमालेको समीकरण, नेता व्यवस्थापन गर्ने यस्तो ओलीको नयाँ रणनीति !

 

काठमाडौं ।

विज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर मंगलबार सम्पादकसँग अन्तरक्रिया गरे । वानेश्वरमा आयोजित कार्यक्रमबाट उनले महाधिवेशनमा चुनाव हुने संकेत गरेका छन् । उनले सर्वसहमतिका लागि दबाव दिने पक्षमा आफू नरहेको सुनाए ।

विज्ञापन

सहमति भए राम्रो तर कसैको आकांक्षमा आफू बाधक नबन्ने उनको भनाइ छ । ओलीले पार्टीको गुटगत प्रवृत्ति तोड्नका लागि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।एमालेमा पूर्वमा माओवादी र तत्कालीन माधव नेपाल समूहमा रहेका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण छ ।

त्यसैले पनि चुनाव भए कुनै पनि नेताहरूको व्यवस्थापनमा समस्या नहुने उनले संकेत गरेका छन् । एमालेमा अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले उमेदवारी दिने घोषणा गरेका छन् । कार्यक्रममा ओलीले रावल आफ्ना लागि चुनौती नभएको बरु रावलले आफूमाथि सद्भाव देखाएको बताए ।

ओलीले नेतृत्व चयन र नेताहरूको व्यवस्थापनका विषयमा राखेको अभिव्यक्ति

एउटा मिस इन्टर्पिटेसन गर्नु हुँदैन जस्तो लाग्छ । रावलजी भीम रावलले मलाई चुनौति दिनुभएको छैन । उहाँको शब्दमा ध्यान दिनुस् । उहाँले सम्मान, माया स्नेह देखाउनुभएको छ । अलिक बढी खट्नुहुन्छ, थकाइ लाग्यो कि आराम गर्नेकी त्यसो भए म उठ्छु। मैले पनि सुनेँ उहाँले कुनै चुनौती भन्नुभएको छैन । उहाँले सुझाव दिनुभएको छ ।

उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु, राम्रो । यो सुझाव एक खालका निकै मान्छेहरूले पनि मन पराउने सुझाव हो । मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पार्टी बाहिरका केही मान्छेहरूको पनि सुझाव छ । तर, रावलजीको त्यो होइन् । नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोड जुलुम, दबाव हुँदैन । मेरो विरुद्ध म उठ्छु भन्छ कसैले ।

म उठ्ने नउठ्ने टुङ्गो गरेको छैन अहिले । मैले उठ्ने टुङ्गो गरे भनेँ मलाई निर्विरोध छोड्न पनि पाइन्छ । मलाई चुनौती दिन पनि पाइन्छ । मलाई कसैले चुनौती दिएमा त्यसलाई मैले स्वागत गर्छु । यसप्रति कुनै अचम्म मान्नुहुँदैन । निर्विरोध भएको भए वा क्या एमाले अध्यक्ष निर्विरोध भयो भन्ने।। चुनौती भयो भने चाहिँ त्यस्तो केही पनि हुँदैन ।

लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो । म यदि उठ्ने भएँ भने कसैलाई नउठे हुन्थ्यो भन्ने पनि कसैलाई भन्दिन । म अध्यक्ष पदमा भएको मान्छेले तपाईं नउठे हुन्थ्यो कुरा सामान्य शव्दमा पनि आग्रह गर्दा पनि दबाव पर्न सक्छ । दबाव दिने मेरो कुनै मनशाय हुँदैन । हाम्रो विधानले वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ । मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो या त निर्विरोध हुन्छ, या बढी भोट ल्याएर त्यसले जित्छ ।

महासचिव पनि त्यस्तै हो या त निर्विरोध हुन्छ या सबैभन्दा बढी भोट ल्याउँछ । त्यो मैले सबैभन्दा बढी मन पराएको मान्छे हो । किनभने कार्यकर्ताका प्रतिनिधिहरूको जो इच्छा छ, त्यो इच्छाभन्दा बाहिर गएर मलाई यो प्रतिनिधिहरूले छानेको यो पदाधिकारी मन परेन भनेर म उहाँहरूको भोटाधिकार, महाधिवेशनको गरिमा, उहाँहरूको छनोटको अधिकार, निर्णयलाई किञ्चित अनादार गर्दिनँ ।

अगाडि मन पराएर म बस्दिनँ । परिणाम आएपछि मन पराउँछु । जुन छानिन्छ त्यही हो मन पराएको । अरूको हकमा पनि मैले भन्ने गरेको छु पार्टीभित्र, समझदारी सहमति एकता बहुतै महत्वपूर्ण हो । यसलाई हामीले प्राथमिकतामा राख्नुपर्दछ । तर, यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्नु हुँदैन ।

लोकतान्त्रिक अभ्यास र अधिकारलाई अलिकति पनि नजरअन्दाज नगरिकन यदि प्रतिष्पर्धीहरूकाबीचमा सहमति हुन्छ भने राम्रो कुरा हो । सहमति हुँदैन भने कसैलाई करकाप गरेर सहमति गर–गर चाहिँ भन्दिनँ । उसलाई पनि जित्छु भन्ने लागिरहेको होला मैले किन उसको इच्छामा भाँजो हाल्दिने रु अर्कोलाई पनि जित्छु भन्ने लागेको होला मैले किन अवसरमा भाँजो हाल्ने रु यदि अध्यक्षको उमेदवार भएँ भने कसैको अवसरमा भाँजो हाल्दिनँ । म निर्वाचित भएँ भने सबैको अध्यक्ष । पार्टीको अध्यक्षको रूपमा मैले व्यवहार गर्नुपर्छ, गर्छु ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस