बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रभु साहकै गृहजिल्ला पुगेर प्रचण्डले भने- यो आत्मसमर्पणवादी कायरहरूको जिल्ला होइन
समाचार

प्रभु साहकै गृहजिल्ला पुगेर प्रचण्डले भने- यो आत्मसमर्पणवादी कायरहरूको जिल्ला होइन

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहट ‘आत्मसमर्पणवादी’, ‘कायरहरू’को जिल्ला होइन भनेर (शनिबार) प्रमाणित भएको बताएका छन्।

विज्ञापन

पार्टीको आज देशव्यापी वडा सम्मेलनका सिलसिलामा प्रचण्ड शनिबार रौतहट पुगेका हुन्।

विज्ञापन

त्यस क्रममा रौतहटको कटहरियामा आयोजित सभाबाट उत्साहित हुँदै उनले रौतहटवासीको प्रशंसा गरेका हुन्।

रौतहट माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका प्रभु साहको गृहजिल्ला हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको नाम नलिईकन प्रतिगामीसँग आत्मसमर्पण गरेको, भगौडा, दलाल, प्रतिक्रान्तिकारीजस्ता शब्द प्रयोग गरेका हुन्।

उनले भने- फेरि रौतहटवासीले के प्रमाणित गर्नुभएको छ भने यो आत्मसर्मणवादी र कायर नेताहरूको जिल्ला होइन, यो क्रान्तिकारीहरूको जिल्ला हो। यो प्रतिक्रान्तिकारी भगौडाहरूको जिल्ला होइन, यो क्रान्तिकारीहरूको जिल्ला हो भनेर प्रमाणित गर्नुभएको छ। रौतहट जिल्ला महान् सहिदहरुको जिल्ला हो।

रौतहट जिल्ला महान् सहिदहरूको हो, निरंकुशतावादी, आत्मसमर्पणवादीहरूको जिल्ला होइन, जस्तोसुकै बलिदान दिन सक्नेहरुको जिल्ला हो भनेर प्रमाणित गर्नुभएको छ। केही भगौडा, दलालहरुले आत्मसमर्पण गर्दैमा रौतहटमा बलिदान दिने सन्तानरु पछि हट्ने छैनन् भनेर प्रमाणि गर्नुभएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस