On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अर्थमन्त्रीको चेतावनी : ‘बैंक ब्याजदर एकल अंकमा हुनुपर्‍यो, नत्र परिणाम गम्भीर !’
समाचार

अर्थमन्त्रीको चेतावनी : ‘बैंक ब्याजदर एकल अंकमा हुनुपर्‍यो, नत्र परिणाम गम्भीर !’

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंक ब्याजदर एकल अंकमा राख्न नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भनेको र लागू नभए परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । नेपाल फूटवेयर्स म्यानुफ्याक्चरर्स एशोसिएशनको २० औं साधारणसभालाई सम्बोधन क्रममा अर्थमन्त्रीले बैंक ब्याजदर सीमाबारे धारणा राखेका हुन् ।

 

विज्ञापन

‘कोभिडको मारमा परेको अर्थतन्त्रमा दोहोरो अंकको ब्याजदर सान्दर्भिक छैन, बैंक मात्रै नभइ सहकारीले पनि ब्याजदर घटाउनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘दोहोरो अंकको ब्याजदरका कारण उद्योगधन्दा र व्यवसायमै अप्ठ्यारो स्थिति निम्तिएको छ ।’

विज्ञापन

सरकारले स्थापना गरेका उद्योग धरासायी भइ बन्द भइरहँदा निजी क्षेत्रबाट स्थापना गरिएका उद्योगले योगदान गरेको बताउँदै अर्थमन्त्री शर्माले राष्ट्रिय उत्पादन बढाउन सरकारले सहयोग गर्ने उल्लेख गरे । उत्पादनमूलक उद्योगधन्दाका लागि सरकारले सहयोग गर्दा केही पक्षबाट आलोचना र विरोध भएपनि आफूले त्यसको सामना गर्ने पनि अर्थमन्त्रीले बताए ।

‘सरकारले जनताकै नीति बनाउने र सहजीकरण गर्ने हो, राष्ट्रिय उत्पादन बढाउन सहयोग हुन्छ, अहिले केही प्रयास गरिएको छ,’ शर्माले थपे, ‘मैले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न जोड दिएको छु, देशभित्रकै उद्योगले आवश्यकता परिपूर्ति गर्ने र आत्मनिर्भर हुन योगदान दिएको अवस्थामा विदेशबाट सामान आयात गर्दा करको दर बढाइन्छ ।’

सरकारी निकायहरूमा नेपालमै उत्पादित जुत्ता लगाउने नीति बनाउने आश्वासन पनि अर्थमन्त्रीले जुत्ता उत्पादकहरूलाई दिए । यसका निम्ति उत्पादकहरुले पनि नागरिकको आवश्यकता र मागअनुसारका उत्पादन उपलब्ध गराउनुपर्ने उनले बताए ।

सुरुवाती व्यवसाय (स्टार्टअप बिजनेस) लाई सहुलियत दिने कार्यविधि राज्यले बनाइसकेको र देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढेका उद्योगहरूलाई राज्यले थप सुविधा दिने पनि अर्थमन्त्रीले आश्वासन दिएका छन् । अहिले बैंकहरूले अधिकांश कर्जा गाडी र जग्गा किन्नेहरूलाई दिएकाले यो प्रवृत्ति फेरिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगका लागि कर्जामा थ्रेसहोल्ड बढाउन खोजेको बताए ।

बन्द भएका सबै सरकारी उद्योग खोल्ने तयारीमा आफू लागिपरेको मन्त्री अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । यसो गर्दा स्वदेशी उत्पादन बढ्ने र राज्यलाई पनि कर प्राप्त हुने उनको भनाइ छ । बन्द उद्योग खोल्न कार्यविधि बनाइरहेको उनले खुलासा गरे ।

विदेशमा रहेका नेपाली श्रमिकका लागि सञ्चयकोष व्यवस्था गर्ने योजनामा सरकार लागेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सामाजिक सुरक्षामा समेट्न सके विप्रेषण पनि वैधानिक बाटोबाटै आउनसक्छ, सरकारले केही रकम राखिदिने र श्रमिकले केही रकम योगदान गर्नेगरी सञ्चयकोष व्यवस्था मिलाउन लागिपरेको छु ।’

एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले हाल नेपालीले प्रतिवर्ष ३.१२ जोर जुत्ता चप्पल खपत गर्ने गरेको र नेपाली जुत्ताचप्पल उद्योगीसँग वार्षिक १६ करोड जोर उत्पादन गर्ने क्षमता रहेको दाबी गरे । नौ करोड जोर जुत्ता भए नेपालीलाई पुग्ने हुनाले सरकारले सहयोग गरे जुत्ताचप्पल आयात प्रतिस्थापन गर्न सकिने उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस