मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना : तीन जनाको ज्यान गयाे
समाचार

ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना : तीन जनाको ज्यान गयाे

ओखलढुङ्गा  । 

ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना हुँदा तीन जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

विज्ञापन

आज बिहान ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु दुर्घटनामा परेका हुन् । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका वडा नं. ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

विज्ञापन

घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर मगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जीपमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस