चितवन । वागमती प्रदेश सांसद घनश्याम दाहाल (अभिनाश) की आमाको निधनप्रति नेकपा (माओवादी केन्द्र) चितवनले दुःख व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक यम बहादुुर परियार “इन्द्रजित” ले आज (शनिबार) विज्ञप्ती जारी गरी दाहालकी ७९ वर्षिय आमा गंगामाया दाहालको निधनप्रति दुःख व्यक्त गरिएको छ । स्व गंगामायाको भरतपुर ७ कृष्णपुरस्थित आफ्नै निवासमा शनिबार बिहान साढे ३ बजे निधन भएको थियो ।
जिल्ला संयोजक परियारद्धारा जारी विज्ञप्तीमा स्वा गंगामाया दाहालको निधनबाट नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला पार्टी मर्महात भएको बताईएको छ । लामो समयदेखि दम रोगबाट पीडित दाहाल विसं १९९९ सालमा कास्की जिल्लामा जन्म भई २०३१ सालमा चितवनको माडीमा बसाईसराई गरी आउनु भएको थियो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु