शुक्रबार, भदौ १९, २०८२
  • होमपेज
  • समाचार
  • १० बुदे कार्यान्वयन नहुनुमा दोषी भीम रावल नै हो : केशब बडाल
समाचार

१० बुदे कार्यान्वयन नहुनुमा दोषी भीम रावल नै हो : केशब बडाल

काठमाडौं ।

नेकपा (एमाले) का नेता तथा स्थायी समिति सदस्य केशब बडालले यो देशलाई अफ्ठ्यारो पार्न दुई वर्ष देखी प्लान भएको र त्यसको एक दोषी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

विज्ञापन

‘यो देशलाई अफ्ठ्यारोमा पार्नको निम्ति गत दुई वर्षदेखि देखी प्लान गरेर अझ विशेष गरेर २०७७ जेठ ३१ गते चुच्चे नक्शा पास भएपछि अहिलेका पाँच दलीय गठबन्धनमा जो देखिएका छन्, तीनै मान्छेहरु राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएको सरकार ढाल्न जो लागेका थिए, ती कोही पनि निर्दोश छैनन्, त्यसमध्येको एउटा दोशी प्रधानन्यायाधिश चोलेन्द्रजी पनि हो’–नेता बडालले भने । उनले अघि थपे–‘यो अदालतलाई अविश्वासको केन्द्र बनाउनको निम्ति बाध्य बनाउने उहाँहरु नै हो ।’

विज्ञापन

साथै, उनले अहिलेको अवस्थामा पनि मुल पार्टी नेकपा (एमाले) नै भएको भन्दै आफुहरु संविधानको रक्षाको लागि अगाडि बढ्ने उल्लेख गरे । यस्तै, मूल पार्टीलाई पाखा लगाउनको लागि सारा शक्ति एक ठाउँमा लागेर यो अवस्था सिर्जना गरेको भन्दै उनले भने,‘अब उहाँहरु के–के गर्नुहुन्छ हामी रमाईलोसँग हेरिरहेका छौं।’

अहिलेको सविंधानलाई क्षतविक्षत बनाउन कोशिश गर्ने को रहेछ भन्ने कुरा अब छर्लङ्ग भएको पनि नेता बडालको भनाई छ । यस्तै, पार्टीमा १० बुँदे ९२ प्रतिशत कार्यान्वयन भइसकेको उनको दाबी छ । उनले भने,‘केही ठाउँमा मात्र विवाद भएको छ, त्यसको दोषी भीम रावल नै हो, उहाँले आफ्नो ठाउँको विवाद आफैं मिलाउन सक्नुभएन ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस