आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नारायणगढ मुग्लिन सडकमा दुई छुट्टाछुट्टै दु’र्घ’टना : १५ जना घाइते
समाचार

नारायणगढ मुग्लिन सडकमा दुई छुट्टाछुट्टै दु’र्घ’टना : १५ जना घाइते

चितवन।

नारायणगढ मुग्लिन सडकखण्डमा आज दुई छुट्टाछुट्टै दु’र्घ’टना भएका छन् । माइक्रो बस र मिनिबस दु’र्घ’टनामा परेका हुन् । दु’र्घ’टनामा १५ जना यात्रु सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २३९ नम्बरको मिनिबस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बस नदीतर्फ बनाइएको पर्खालमा ठोकिएको हो । ३० जना सवार मिनिबसमा १५ जना सामान्य घाइते भएका हुन् । जसमध्ये ४ जनालाई अस्पताल लगिएको छ ।

विज्ञापन

 

यस्तै आजै सो सडकमा माइक्रो बस दु’र्घ’टना भएको छ । ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोलाई ग १ ख ९३६७ नम्बरको बसले ठक्कर दिँदा माइक्रो सडकमा रहेको पहाडमा घसारिएको छ । जसले गर्दा माइक्रोको एकाट्टिको भागमा क्षति पुगेको छ । माइक्रो र बसमा रहेका सबै यात्रु सकुशल छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस