शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • एमालेमा सबैभन्दा धेरै योगदान माधव नेपालको छ : पृथ्वीसुब्बा गुरुङ
पत्रपत्रिका

एमालेमा सबैभन्दा धेरै योगदान माधव नेपालको छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं। 

नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) निर्माणमा वरिष्ठ नेता माधवकुमार नेपालको सबैभन्दा धेरै योगदान भए पनि चोइटिएर गएका कारण आफूहरुको समर्थन नरहेको बताएका छन्।

विज्ञापन

कान्तिपुर दैनिकसँग संक्षिप्त कुराकानी गर्दै नेता गुरुङले भनेका छन्, ‘‘अहिले भएका नेताहरूमा सबैभन्दा धेरै माधव कमरेडले पार्टीमा पसिना बगाउनुभएको हो। २०२५ सालको पोलिटब्युरो सदस्य हो उहाँ। २०५० देखि २०६४ सालसम्म उहाँले पार्टीको नेतृत्व गर्नुभयो। पार्टीका तर्फबाट प्रधानमन्त्री हुनुभयो। धेरै पटक विपक्षी दलको नेता हुनुभयो। नवौं महाधिवेशनमा उहाँले हार्नुभयो, केपीले जित्नुभयो। त्यसपछि माओवादीसँग एकता भयो। यो सबै कुरालाई हेर्नुपर्‍यो नि। केपी भने २०५६ देखि २०७१ सालसम्म पार्टीभित्र प्रतिपक्षी नेताका रूपमा रहनुभयो, पार्टी विभाजन गर्ने कुरा त गर्नुभएन। माधव कमरेड पनि त्यसरी लाग्नुपर्दथ्यो। तर, उहाँ हतारिनुभयो।’’

विज्ञापन

नेकपा एमाले फुटेको नभई चोइटिएको गुरूङले दावी गरेका छन्। ‘‘सारमा हेर्दा विभाजन होइन यो। एउटा सानो समूह चोइटियो। हामीले पार्टी विभाजन हुनबाट जोगायौं। आन्तरिक एकताका लागि जुन अभियान सञ्चालन भयो, त्यसले कार्यदल बन्यो। कार्यदलले १० बुँदे सहमति गर्‍यो। त्यसले विभाजन हुनबाट जोगायो।’’

‘‘वरिष्ठ नेता रह्यो कि रहेन भन्ने आधारमा पार्टी विभाजनको अर्थ राख्दैन। बरु वरिष्ठ नेता चोइटिएर जानुभयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो’’ गुरूङले भनेका छन्, ‘‘उहाँमा त्यस्तो कदम उठाउनुपर्ने अवस्था कहाँबाट के कारणले आयो भन्ने पुष्टि भएको छैन। पार्टी विभाजन त सैद्धान्तिक, राजनीतिक, वैचारिक, सांगठनिक कारणले हुन्छ। यी कुनै कारण होइन।’’

गुरूङले भनेका छन्, ‘‘फागुन २८ यता जति पनि बैठक र निर्णय भए, ती सबै अदालतले खारेज गरिदियो। त्यसपछि दसौं केन्द्रीय कमिटीको बैठकले पनि ती बैठक र निर्णयको औचित्य छैन भनेर निर्णय गरिसकेको छ। त्यसकारण फागुन २८ को कुरा उठाउनु असान्दर्भिक हो। त्यही पनि त्यसको समाधान दसबुँदे सहमतिले गरेको छ। दसबुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसक्यो । अध्यक्षले त्यसलाई स्वीकार गर्नुभयो। एकताका लागि दसबुँदेभन्दा बाहिर गएर दुई अध्यक्षको प्रस्ताव गर्‍यौं, त्यो प्रस्ताव मैले नै अगाडि सारेको थिएँ।’’

त्यसो भए पार्टी अध्यक्षका रूपमा ओलीको केही कमजोरी छैन त भन्ने प्रश्नमा नेता गुरूङले भनेका छन्, ‘‘अहिलेका सबै घटनाक्रमले उहाँको कमजोरी छ भन्न मिलेन। अहिले भएका नेताहरूमा सबैभन्दा धेरै माधव कमरेडले पार्टीमा पसिना बगाउनुभएको हो। २०२५ सालको पोलिटब्युरो सदस्य हो उहाँ। २०५० देखि २०६४ सालसम्म उहाँले पार्टीको नेतृत्व गर्नुभयो। पार्टीका तर्फबाट प्रधानमन्त्री हुनुभयो। धेरै पटक विपक्षी दलको नेता हुनुभयो। नवौं महाधिवेशनमा उहाँले हार्नुभयो, केपीले जित्नुभयो। त्यसपछि माओवादीसँग एकता भयो। यो सबै कुरालाई हेर्नुपर्‍यो नि। केपी भने २०५६ देखि २०७१ सालसम्म पार्टीभित्र प्रतिपक्षी नेताका रूपमा रहनुभयो, पार्टी विभाजन गर्ने कुरा त गर्नुभएन। माधव कमरेड पनि त्यसरी लाग्नुपर्दथ्यो। कुनै न कुनै दिन उहाँको विचारले विजय प्राप्त गर्न सक्थ्यो। तर, उहाँ हतारिनुभयो। धेरै कुण्ठा पाल्नुभयो। पार्टीमा कहिले भनेको जस्तो हुन्छ, कहिले हुँदैन। उहाँमा धैर्यता देखिएन।

‘‘पार्टी अध्यक्षले दसबुँदे सहमति कार्यान्वयन गर्नुहुन्छ। त्यो कार्यान्वयन भएन भने पार्टी एकता बलियो हुँदैन’’ गुरूङले भनेका छन्, ‘‘त्यहाँ अप्ठ्यारो कुरा के छ र ? दसबुँदेभन्दा बाहिर गएर ११ औं बुँदाका रूपमा अर्को अध्यक्ष पनि स्वीकार गरिसक्नुभएको हो। दसबुँदेभन्दा दायाँबायाँ कुरा उहाँले गर्नुहुन्छ भन्ने लाग्दैन।’’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस