शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीको बैठकमा प्रचण्डको ब्रिफिङ: माधव समूह एमालेमा जाने देखियो
राजनीति

माओवादीको बैठकमा प्रचण्डको ब्रिफिङ: माधव समूह एमालेमा जाने देखियो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा आउन सक्ने वातावरण नरहेको बताएका छन् । उनले नेपाल समूह नआउने भएकैले सरकार गठनको प्रक्रियाबारे फेरि छलफल गर्न पर्ने देखिएको समेत बताएका छन् ।

माधव नेपाल सरकारमा नआउने भएकैले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन समय लाग्न सक्ने बताए ।

विज्ञापन

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

विज्ञापन

आज विहान कोटेश्वरमा माधवकुमार नेपाल निवास पुगेर स्थायी कमिटी बैठकका लागि पेरिस डाँडा पुगेका प्रचण्डले भनेका थिए, ‘माधव कमरेडहरु पार्टी एक गरेर अगाडि बढ्ने मनासयमा हुनुहुन्छ, उहाँहरु नआएपछि मन्त्रालय बाँडफाँड अब फेरि छलफल गर्नु पर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस