शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • Breaking News
  • चीनबाट ल्याइएको खोप २५ गतेदेखि लगाउन सुरू गरिने
Breaking News

चीनबाट ल्याइएको खोप २५ गतेदेखि लगाउन सुरू गरिने

Renu Dahal

काठमाडौं। चीनबाट मंगलबार ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई २५ जेठबाट लगाइने जनाएको छ। यसका लागि आवश्यक कागजपत्र बोकेर नजिकको स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ।

विज्ञापन

खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिश अनिवार्य रुपमा बोक्न पनि मन्त्रालयले सूचित गराएको छ। यस पटक पहिलो डोज लगाउँदा दोस्रो डोजको मात्र पुग्ने गरी लगाइने भएको छ।

विज्ञापन

चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप दिएको छ। त्यसमध्ये मंगलबार बेइजिङबाट आठ लाख डोज खोप ल्याइएको हो। त्यहि खोप ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको हो।

यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप दिएको थियो।

त्यस्तै, चीन स्वशासित तिब्बत सरकारले पनि दुई लाख डोज खोप दिएको छ। तिब्बतले दिएको खोपमध्ये ५० हजार ४०० डोज खोप मंगलबार बिहान काठमाडौं पुगेको छ। बाँकी बुधबार ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस