खबर प्रवाह मिडिया नेटवर्कद्वारा सञ्चालित खबर प्रवाह डटकम चितवनलाई केन्द्र बनाई सन् २०१५ देखि निरन्तर सञ्चालनमा छ । चितवनका युवा सञ्चारकर्मीको सहभागितामा हरेक समाचार प्रवाहको संवाहक बन्ने गरी सञ्चालन गरिएको यस अनलाइनलाई निष्पक्ष समाचार माध्यमको रुपमा अघि बढाइएको छ । समाचार र सञ्चार माध्यमले अपनाउनुपर्ने मूलभूत मान्यता र सिद्धान्तप्रति हामी सधैं प्रतिबद्ध छौं । सूचनाको हकलाई प्रत्याभूति दिलाउन हामी हर समय दत्तचित्त छौं । पाठकको रुचि र चासो सधैं हाम्रो केन्द्रमा रहनेछ । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं । खबर प्रवाह डटकम सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।
प्रमुख सम्पादक
सम्पादक