चितवन । भरतपुरको नारायणगढ क्याम्पाचौरमा संचालन गर्न लागिएको ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेदेखि संचालन गर्न लागेको ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को तयारी ९० प्रतिशत भन्दा बढी सकिएको जनाएको छ ।
एक्स्पो चैत्र २९ देखि वैशाखको २ गतेसम्म संचालन हुनेछ । हरेक दिन बिहान १० देखि ६ बजेसम्म एक्स्पो चल्ने छ भने बेलुका फुड फेष्टिवल तथा सांगीतिक कार्यक्रम हुने युवा उद्यमी मञ्च नेपाल चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । एक्स्पोको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्धघाटन गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।
विज्ञापन
विज्ञापन
एक्स्पोमा नेपालमा उत्पादित बस्तुहरुको १ सय भन्दा बढी स्टलहरू रहने छन् । एक्स्पोबाट बस्तुको बिक्री भन्दापनी प्रवर्द्धनमा बढी जोड दिने उदेश्य रहेको युवा उद्यमी मञ्च नेपाल चितवन च्याप्टरका पुर्व अध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए । व्यवसायमा जोडिन चाहने तर व्यवसायिक सम्बन्धका लागि उधोगीहरुसम्म पहुच नपुग्ने योङ इन्टरपेनरहरु र उधोगीहरुलाइ जोड्ने पुलको काम गर्ने एक्स्पोको मुख्य उदेश्य रहेको बताउदै आफू स्वंमले पनि पहिलो मेड इन नेपाल एक्स्पोमा प्रदर्शकको रुपमा रहेको “एसियन कन्क्रीटो” संग जोडिएर व्यवसाय गरिरहेको उदाहरण समेत न्यौपानेले दिए ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो अवलोकन गर्दा शुल्क नलाग्ने तर बेलुका ६ बजेदेखी राति ९ बजेसम्म हुने फुड फेस्टिवल तथा सांगीतिक प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको युवा उद्यमी मञ्च नेपाल चितवन च्याप्टरका पुर्व अध्यक्ष सुर्य भक्त अधिकारीले बताए ।
खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपैयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने समेत अधिकारीले बताए ।
फेसबुक प्रतिक्रियाहरु