Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • चितवन विशेष
  • नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीकोआजदेखि, मेयर रेनु दाहालले उद्धघाटन गर्ने !
चितवन विशेष

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीकोआजदेखि, मेयर रेनु दाहालले उद्धघाटन गर्ने !

भरतपुर । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा नवौ संस्करणको रुपमा हुने नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि हुने भएको छ । प्रदर्शनीको एक विशेष समारोहका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको र सबै तयारी पुरा भएको छ ।

प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि ९प्रोसेसिङ, डेरी, फुड एण्ड वेभरेज, चिया०, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, हस्तकला, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, बैंक, व्यवसायिक परामर्शदाता, फुटवेयर लगायतका एक सय भन्दा बढी स्टलहरुले सहभागिता जनाएका छन् ।

विज्ञापन

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ ।

विज्ञापन

प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङको समेत आयोजना गरिदैछ ।

प्रदर्शनीको कुलिङ पार्टनरमा ब्लु स्टार ए।सी।, बैकिङ्ग पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक, फर्निचर पार्टनर फर्निटेक प्रा।लि।, स्न्याक्स पार्टनरमा रिजाल फुड्स् एण्ड वेभरेजेज प्रा।लि।, पेन्टस् पार्टनरमा रोयल पेन्टस्, आईएसपि पार्टनरमा टेकमाइन्ड नेटवर्क लि। रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस