मङ्लबार, फाल्गुन २७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
देश/प्रदेश

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न भएको आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विज्ञापन

त्यस्तै आजको बैठकमा बनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

विज्ञापन

त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस