शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • शिक्षा
  • छोटो समयमा नै विद्यार्थीको पहिलो रोजाई बन्दै साइप्रसको लिड्रा कलेज
शिक्षा

छोटो समयमा नै विद्यार्थीको पहिलो रोजाई बन्दै साइप्रसको लिड्रा कलेज

चितवन।  वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीहरुले पछिल्लो समय साइप्रसको लिड्रा कलेजलाई शैक्षिक गन्तव्य बनाइरहेका छन् । यो कलेज नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ बन्न पुगेको छ ।
नारायणगढको सहिदचोकस्थित त्रिसा कम्प्लेक्समा रहेको जेभियर इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले विगत चार वर्षदेखि गुणस्तरीय वैदेशिक शिक्षाको निम्ति विद्यार्थीहरुलाई साइप्रस पठाउँदै आएको छ । सहिदचोकमा मुख्य कार्यालय रहेको जेभियर इन्टरनेसनलले पोखरा र काठमाडौँमा पनि कार्यालय स्थापना गरेको छ ।
लिड्रा कलेजको लागि नेपालको एकमात्र आधिकारिक यस कन्सल्टेन्सीले बेलायतमा रहेको युनिभर्सिटी अफ सन्डरल्यान्डको शाखा लिड्रा कलेजमा विद्यार्थीहरु पठाउँदै आएको छ । जेभियर इन्टरनेसनलले युनिभर्सिटी अफ सन्डरल्यान्डको पाठ्यक्रममा पढाइ हुने बिजनेस अफ म्यानेजमेन्ट, साइकोलोजी र कम्प्युटर साइन्स तथा साइप्रसको पाठ्यक्रममा पढाइ हुने इन्टरनेशनल रिलेसन विषय पढ्न चाहने विद्यार्थीहरुलाई लिड्रा कलेजमा पठाउने गरेको छ । बिजनेस अफ म्यानेजमेन्ट, साइकोलोजी र कम्प्युटर साइन्सको पाठ्यक्रम चारवर्षे र इन्टरनेशनल रिलेसनको पाठ्यक्रम तीनवर्षे रहेको छ ।
लिड्रा कलेज युनिभर्सिटी अफ सन्डरल्यान्डको शाखा कलेज हो । जेभियर इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका कार्यकारी निर्देशक सुमन अधिकारीले साइप्रस जाने विद्यार्थीहरूलाई कुनै पनि किसिमको समस्या नहुने र भिसा शत प्रतिशत लाग्ने बताए ।
साइप्रसमा गर्मी र जाडो दुवै खालको मौसम हुन्छ तर अत्यधिक जाडो भने हुँदैन । जाडोमा १२ डिग्री सेल्सियस र गर्मीमा ३३ डिग्री सेल्सियसको औसत तापमान हुन्छ । यहाँ बस्दा र काम गर्दा धेरै फाइदाहरू छन् । यहाँ अन्तर्राष्ट्रिय कार्य वातावरण र युरोपेली सङ्घमध्येमा सबैभन्दा कम करको दर छ । यहाँ रोजगारीसँगै व्यापारको अवसरहरू पनि पाइन्छ ।
जुन÷जुलाई इन्टेकका लागि विद्यार्थीहरुको कागजपत्र बनाउने काम भइरहेको जेभियर इन्टरनेसनलका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार लिड्रा कलेजमा पढ्न चाहने विद्यार्थीहरुले अनिवार्य आइइएलटिएस वा पिटिई गर्नुपर्छ । उनले आइइएलटिएसमा ब्यान्ड स्कोर ४ भन्दा माथि र पिटिईमा ४३ भन्दा माथि ल्याउने विद्यार्थीले कलेजमा सजिलै भर्ना पाउने बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस