सोमवार, बैशाख २२, २०८२
  • होमपेज
  • चितवन विशेष
  • जनतासँग माओवादी : फागुन २७ गते प्रचण्ड चितवन आउँदै, बिसौ हजार जनता उतार्ने तयारी
चितवन विशेष

जनतासँग माओवादी : फागुन २७ गते प्रचण्ड चितवन आउँदै, बिसौ हजार जनता उतार्ने तयारी

चितवन । नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही फागुन २७ गते चितवन आउने भएका छन् । नेकपा माओवादी केन्द्रको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” का लागि उनी चितवन आउने भएका हुन् ।

फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुर स्थित कार्यक्रममा आइ अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटा सुमनले बताए ।

विज्ञापन

भरतपुर स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका वडा, पालिका, प्रदेश, केन्द्रसम्मका नेताहरु, पार्टिका विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरुलाई जिल्ला इन्चार्ज घनश्याम दाहालले आव्हान गरेका छन् ।

विज्ञापन

त्यस्तै देशैभरी जनलहर उर्लिरहेको बेला चितवनमा हुने जागरण अभियानमा पनि आ-आफ्नो जातिय भेष-भुषा, बाजा गाजा एवं झाकि सहित बिसौ हजार जनता उतार्ने तयारी रहेको नेकपा माओवादी केन्द्र भरतपुर महानगर इन्चार्ज निशा न्यौपानेले बताइन ।

२०८१ फाल्गुन १२ गतेदेखि झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अध्यक्ष प्रचण्डले उद्घाटन गरेसँगै शुरु भएको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने छ ।

गत पुस २१-२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस