सोमवार, माघ ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका लोकप्रिय विधार्थी नेता रम्तेलको महासचिवमा दावी
समाचार

चितवनका लोकप्रिय विधार्थी नेता रम्तेलको महासचिवमा दावी

भरतपुर।
चितवनलाई आधार बनाएर विधार्थी राजनीतिमा लोकप्रिय विधार्थी नेता अविनाश रम्तेलले अखिल क्रान्तिकारीको आसन्न निर्वाचनमा महासचिवको लागि दावि गरेका छन्। अविनाश रम्तेल विधार्थी आन्दोलनमा एक कहलिएको नाम हो। चिरपरिचित युवा विधार्थी रम्तेलले यस अघि जुन जुन स्थानमा नेतृत्व गरे ति सबै स्थानमा अव्वल प्रर्दशन गरेको इतिहास छ । उनले अखिल(क्रान्तिकारी) संगठनको सदस्यता २०६५ सालमा प्राप्त गरेका थिए।

२०६७ सालमा नारायणी नमुना उच्च मा.वि.भरतपुरको इकाई अध्यक्ष र जिल्ला सिमिति सदस्य भएका विधार्थी नेता रम्तेलको वाक कला पनि निकै प्रभावकारी छ। २०६९ सालमा संगठनको जिल्ला सचिवलय सदस्य र २०७१ सालमा संगठनको जिल्ला सचिव भएका रम्तेल २१औ राष्ट्रिय सम्मेलनको केन्द्रीय समिति सदस्य हुन्। २०७७ मा संगठनको चितवन जिल्ला अध्यक्ष भई कुशल नेतृत्व गरेका रम्तेल २२औं सम्मेलनबाट संगठनको केन्द्रीय सदस्य र २०७९ मा संगठनको चितवन जिल्ला इन्चार्ज भइ नेतृत्व गरे। २३औं राष्ट्रिय सम्मेलनको बिषयलाई लिएर मंसिर-१३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षमा निर्वाचनमा पक्षले जितेको हुँदा अखिल(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलन यहि माघ १२ गते हुने निर्वाचनमा महासचिवमा दाबी गरेका छन्।

विज्ञापन

निरन्तर १६ बर्ष देखि विद्यार्थी राजनीतिमा सक्रिय विधार्थी नेता रम्तेल नेकपा(माओवादी केन्द्र)चितवन जिल्लाका हरेक कार्यक्रममा सक्रियता पुर्वक खटिएका हुन्छन्। संगठनको केन्द्रीय महासचिवमा दावी गर्दै गर्दा नेता रम्तेलले संगठन सुदृढीकरणको लागि खाका समेत तयार गरेका छन्। विधार्थी संगठन पार्टीको मेरुदन्ड हुनुपर्ने उनको भनाइ छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस