पोखरा। रबि लामिछाने थुनामुक्त हुने भएका छन् ।
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
विज्ञापन
विज्ञापन
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।
सो आदेश अघि कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु