Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • चितवन विशेष
  • देवघाट महा–महोत्सवको मुख्य आकर्षण २१ फिट अग्लो शिव मूर्ति
चितवन विशेष

देवघाट महा–महोत्सवको मुख्य आकर्षण २१ फिट अग्लो शिव मूर्ति

file photo

देवघाट । गण्डकी र त्रिशूली नदीको संगमस्थलमा अवस्थित देवघाट धाममा हुन लागेको देवघाट महा–महोत्सव २०८१ को तयारी पूरा भएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा २१ फिट अग्लो भगवान शिवको भव्य मूर्ति समाजसेवी चन्द्रकान्त बरालको सौजन्यमा पोखराबाट देवघाट ल्याइएको छ।मूर्तिले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्दै महोत्सवको महत्त्व बढाउने विश्वास गरिएको छ। मूर्तिलाई विशेष पूजा गराई महोत्सवको उद्घाटनमा प्रदर्शन गरिनेछ।

यो शिव मूर्ति महोत्सवको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ। माघ महिनाभर विशेष धार्मिक कार्यक्रमसहित महोत्सव मनाइनेछ। विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा हुने महोत्सवले देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक, आर्थिक, र आध्यात्मिक दृष्टिले थप उचाईमा पुर्‍याउने विश्वास गरिएको छ।

विज्ञापन

देवघाट धाम हिन्दू धर्मावलम्बीहरूका लागि मोक्ष प्राप्तिको पावन स्थल र आदिप्रयागका रूपमा प्रख्यात छ। प्राचीनकालदेखि साधु-सन्तहरूको तपोभूमि रहँदै आएको यो पवित्र स्थल देवताहरूको स्नान क्षेत्र मानिन्छ। शालाग्राम बाहिनी गण्डकी र शिवस्वरूपा त्रिशूली नदीको संगममा अवस्थित महाेत्सव स्थलले धार्मिक पर्यटनको केन्द्रका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्दै आएको छ।

विज्ञापन

महोत्सवले देवघाट क्षेत्रलाई अझ व्यवस्थित बनाउँदै धर्म, संस्कृति र सामाजिक सेवाको अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य लिएका छन्।

यसपटकको महोत्सवलाई माघ १ मा सीमित नराखी एक महिनासम्म विशेष कार्यक्रम आयोजना गरिनेछ। दैनिक प्रवचन साथै विशेष पूजा-अर्चना, अन्नदान र जलदान कार्यक्रम का साथ आगन्तुक भक्तजनका लागि विशेष भोजन व्यवस्था गरिएको छ । देवघाटका आश्रमहरू र धार्मिक संस्थाहरूलाई आफ्ना परिसर सजाउन र दैनिक कार्यक्रम राख्न आह्वान गरिएको छ ।

भोजन, दान र सेवा कार्यहरू सञ्चालन गरी भक्तजनलाई सहयोग गर्न सम्पूर्ण धार्मिक संघ-संस्थाहरूलाई आयोजकले आह्वान गरेको छ। ट्रष्टले महोत्सवमा सहभागी भई पुण्य लाभ लिन र देवघाटको धार्मिक महत्त्वलाई प्रवर्द्धन  गर्न आह्वान गरेको छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस