सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • भरतपुर
  • भरतपुर अस्पतालको कपडा बैंकलाई एक्सपर्टको दराज सहयोग
भरतपुर

भरतपुर अस्पतालको कपडा बैंकलाई एक्सपर्टको दराज सहयोग

चितवन।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले भरतपुर अस्पतालले संचालनमा ल्याएको कपडा बैंकलाई दराज सहयोग गरेको छ ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज (आइतबार) एक कार्यक्रमकाबीच कपडालाई व्यवस्थित रुपमा राख्न दराज हस्तान्तरण गर्नुभएको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले अस्पतालले राम्रो काम गरेकाले कपडा बैंकलाई व्यवस्थित गर्न सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सहयोग गरिएको बताउनुभयो । उहाँले पवित्र काममा एक्सपर्ट एजुकेशनलाई सहकार्य गर्ने अवसर दिएकोमा भरतपुर अस्पताललाइ धन्यवाद दिनुभयो ।
अस्पतालमा उपचार गर्न आउने विपन्न नागरिकलाई ध्यानमा राखेर भरतपुर अस्पतालले कपडा बैंक संचालनमा ल्याएको हो । विशेष गरि जाडोयाममा उपचार गराउन आउने विपन्न नागरिकहरु बाक्लो कपडा नहुँदा सास्ती व्यहोर्ने गरेको देखेरै यो कपडा बैंक संचालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले कपडा भएकाहरुलाई सहयोग गर्न र कपडा नभएकाहरुले सहज रुपमा लिनका लागि आग्रह गर्नुभएको छ । उहाँले अस्पतालले गरेको काममा एक्सपर्ट एजुकेशनले सहकार्य गरेकोमा धन्यवाद दिनुभयो ।

भरतपुर अस्पतालको ‘बी’ ब्लक अगाडि कपडा बैंक स्थापना गरिएको छ । स्थापना लगत्तै कपडा दिने र लिन आउनेको संख्या बढ्दै गइरहेको छ । एक्सपर्ट एजुकेशनले शैक्षिक परामर्शसंगै सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेको छ । एक्सपर्ट शिक्षा, स्वास्थ्य, अन्य सामाजिक क्षेत्रमा सहकार्य गर्दै आइरहेको छ । एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई, स्याट र डुलिङगो तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस