बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • Breaking News
  • गण्डकी प्रदेश महोत्सव: मङ्सिर १५ गतेसम्म लम्बियो
Breaking News

गण्डकी प्रदेश महोत्सव: मङ्सिर १५ गतेसम्म लम्बियो

गैँडाकोट। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो ।

‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने अवधि पाँच दिन थप गरेका हौँ’ भट्टचनले भन्नुभयो, ‘सुरुआती समयमा आउन नपाउनुभएका दर्शकहरुलाई मध्यनजर गर्दै थपिएको समयमा सबैलाई महोत्सव अवलोधनका लागि आग्रहसमेत गर्दछु ।’ सार्वजनिक बिदाको दिन, शनिबार तथा सोमबार महोत्सव स्थलमा दर्शकहरुको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कात्तिक २६ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणको महोत्सवमा महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको उहाँको भनाइ छ । सांस्कृतिक घर अवलोन गर्ने दर्शकहरुले थारु, मगर, तामाङ, गुरुङ र चेपाङको संस्कृतिबारे चासो राख्दै उनीहरुको परम्परागत परिकारको स्वादसमेत लिने गरेका उहाँले बताउनुभयो ।

विज्ञापन

यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

विज्ञापन

बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योति मगरले प्रस्तुती राखेकी महोत्सव सांस्कृतिक कार्यक्रम सहसंयाजक किशोर लम्सालले जानकारी दिनुभयो । मगरसँगै कार्यक्रममा सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको लम्सालको भनाइ छ ।

भोलि बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहित रुपा घर्ती मगर, बेली डान्सर चन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस