काठमाडौँ । ग्रेस इन्टरनेशनल‘एडुभर्स २०२४’ अन्तरगतको शैक्षिक मेला भोलि नारायणघाटमा हुने भएको छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि यही कार्तिक ३० गते अर्थात नोभेम्बर १५ का दिन शुक्रबार मेलाको आयोजना गर्न लागिएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार मेलामा आउने विद्यार्थीलाई आइएलटिएस र पिटीईका कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै भिसा प्रासेसिङ सुरु गर्ने विद्यार्थीका लागि पनि आकर्षक उपहारहरु लक्की ड्रमार्फत प्रदान गरिने उनले जानकारी दिए । मेला नारायणगढको शहिद चोकमा रहेको ग्रेस इन्टरनेशनल चितवनको कार्यालयमा हुनेछ ।
विज्ञापन
नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुप ‘एडुभर्स २०२४’ शैक्षिक मेला देशका प्रमुख सहरमा जारी छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुका लागि नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख शहरहरुमा ग्रेस ग्रुपले मेला सञ्चालन गरेको हो ।
विज्ञापन
मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुवई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने लामिछानेले जानकारी दिए ।
मेलामा विद्यार्थीहरुले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययन सम्बन्धी विस्तृत जानकारी लिन पाउने उनले जानकारी दिए ।
मेलामा विद्यार्थीहरुले स्पट एडमिसन, अधिकतम छात्रवृत्ती र अन्य विशेष अवसरहरु प्राप्त गर्न सक्ने उनको भनाइ छ । जसले गर्दा उनीहरुको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका लामिछानेले बताए ।
ग्रेस ग्रुपले देशभर सुरु गर्न लागेको मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवनको पर्सा, १५ मा चितवनको नारायणघाट, १६ मा नवलपुरको कावासोती, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला हुने तालिका रहेको छ । यी प्रमुख सहरहरुमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य ग्रेस ग्रुपले लिएको छ ।
ग्रेस चितवनका निर्देशक लामिछानेका अनुसार विद्यार्थीरुले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरुसँग प्रत्यक्ष रुपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ती लाभ लिन सक्नेछन् । लामिछानेले विदेश अध्ययनमा रुची राख्ने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु