Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाचार
  • खाली पेटमा घ्यू कुमारीको जुसः कति र कसरी खाने ?
समाचार

खाली पेटमा घ्यू कुमारीको जुसः कति र कसरी खाने ?

काठमाण्डौं  । एलोभेरा अर्थात् घ्यू कुमारी औषधीय गुणका लागि परिचित छ । यसको प्रयोग छाला र कपालका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको जुस तौल घटाउन र पाचन अनि मेटाबोलिज्म सुधार गर्न निकै लाभदायक छ ।

हरेक दिन घ्यू कुमारीको जुस पिउने मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दैनिक १ महिनासम्म घ्यू कुमारीको जुस सेवन गर्दा के फाइदा हुन्छ ? कसरी र कुन समयमा घ्यू कुमारीको जुस पिउनु बढी फाइदाजनक हुन्छ ?

विज्ञापन

कति दिनसम्म पिउनुपर्छ घ्यू कुमारीको जुस ?

विज्ञापन

दैनिक १ महिनासम्म एलोभेराको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो जुस तपाईको स्वास्थ्यको लागि कत्तिको लाभदायक हुन्छ ? भन्ने कुरा यो जुस तपाईले कति मात्रामा र कसरी सेवन गरिरहनुभएको छ भन्नेमा भर पर्छ । तपाइँ पहिलो पटक घ्यू कुमारीको जुस सेवन गर्दै हुनुहुन्छ भने सुरुमा २ चम्चा मात्रै जुस पिउनुपर्छ । यसले आफ्नो शरीरमा कस्तो असर गरिरहेको छ थाहा पाएपछि मात्र यसको नियमित सेवन गर्नुपर्छ ।

कति बेला पिउनुपर्छ ?

बिहान खाली पेटमा घ्यू कुमारीको जुस पिउन सकिन्छ । कतिपयले त यसलाई खाना खाएपछि पनि सेवन गर्छन् । आफूलाई कस्तो र कुन समयमा उपयुक्त हुन्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

कसरी पिउने ?

४ चम्चा घ्यू कुमारीको रसमा र ४ चम्चा पानी मिसाएर पिउनुहोस् । मानिसहरू घ्यू कुमारी र अमलाको जुस मिसाएर पनि पिउने गर्छन् । तपाईं पनि यसैगरी पिउँदै हुनु हुन्छ भने गिलासमा अमलाको तुलनामा दोब्बर मात्रामा घ्यू कुमारीको रस राख्नुहोस् । यसरी पिउनु बढी फाइदाजनक हुन्छ ।

घ्यू कुमारीको सेवनले पाचन सुधार गर्दछ

घ्यू कुमारीको जुसले पाचन प्रणाली सुधार्न मद्दत गर्छ । यसले पेट फुल्ने, एसिडिटी र कब्जियतजस्ता समस्याहरूलाई कम गर्छ र आन्द्रा सफा गर्छ ।

छालालाई चम्किलो बनाउँछ

घ्यू कुमारीको एन्टिअक्सिडेन्ट गुणले छालालाई पोषण दिन्छ र यसलाई स्वस्थ राख्छ । यसको नियमित सेवनले छालामा निखार ल्याउँछ, डन्डीफोर, दाग–धब्बा कम हुन्छ अनि छालामा चमक आउँछ ।

डिटोक्सिफिकेशनमा सहयोगी

घ्यू कुमारीको जुसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसले कलेजो र मृगौलाबाट विषाक्त पदार्थहरू हटाउन सघाउँछ जसका कारण शरीरलाई सफा हुन्छ र ऊर्जा बढ्छ ।

तौल घटाउन सहयोगी

घ्यू कुमारीको जुसले मेटाबोलिज्म बढाउँछ र बोसो पघाल्न मद्दत गर्छ । नियमित रुपमा यसको जुस खाँदा तौल घटाउन सहयोग मिल्छ । तर यसका लागि तपाईले स्वस्थ आहार र नियमति व्यायाम पनि विशेष ध्यान दिनु पर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

घ्यू कुमारीमा पाइने एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसले यसलाई संक्रमण र रोगसँग लड्न सक्षम बनाउँछ ।

मधुमेह नियन्त्रणमा सहयोगी

घ्यू कुमारीको जुसको नियमित सेवन गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ । यसले शरीरमा इन्सुलिन संवेदनशीलता बढाउँछ, जुन मधुमेह रोगीहरूको लागि लाभदायक हुन सक्छ । (एजेन्सी)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस