मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • टि-फ्रेस खरिद गर्ने ग्राहकलाई सौराहामा एक दिने ट्रिप
समाचार

टि-फ्रेस खरिद गर्ने ग्राहकलाई सौराहामा एक दिने ट्रिप

काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको उपलक्ष्यमा टेस्ला एसीले विशेष अफर ल्याएको छ । टेस्लाले आफ्नो प्रिमियम सिरिज T-Fresh एसी खरिद गर्ने ग्राहकका कपललाई पर्यटकीय गन्तव्य सौराहामा एक दिने ट्रिपको व्यवस्था गरेको छ ।

विगत वर्षहरुमा झै ग्राहकहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन यो अफर ल्याएको टेस्ला एसीको आधिकारिक विक्रेता भू-लक्ष्मी ग्रुपका निर्देशक किरण आचार्यले जानकारी दिनुभयो ।यो सिरिजको एसी खरिद गर्दा २० प्रतिशत छुटसहित सौराहामा रहेको होटल जंगल क्राउन वा अन्य लक्जरी होटलमा एक रातको बसाँईसहित कम्बो अफरको व्यवस्था गरेको छ । ग्राहकले स्विमिंङ् पूल (Swimming Pool) को सुविधासहितको भिल्ला

विज्ञापन

शैलीको आवास (Villa Type Room), रातको खाना (Dinner) र विहानको खाजा (Breakfast),

विज्ञापन

सौराहाको स्थानीय साँस्कृतिक कार्यक्रमको अवलोकन (Tharu Cultural Show) तथा चितवन राष्ट्रिय निकुञ्जमा साढे २ घण्टाको जिप सफारी (Jeep Safari) लगायतको प्याकेजको व्यवस्था गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।घरलाई आरामदायी बनाउन चाहने परिवार र तिहारको समयमा दाजुभाई तथा दिदी-बहिनीलाई एसी उपहार दिन चाहने ग्राहकका लागि यो अफर ल्याइएको आचार्यले उल्लेख गर्नुभयो । अफरले ग्राहकको आरामलाई बढावा दिन, यादगार क्षणहरु सिर्जना गर्नुका साथै स्थानीय पर्यटन प्रवर्धन गर्ने कम्पनीले विश्वास लिएको छ । यो अफर छठ पर्वसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । थप जानकारीका लागि ९८०११६४३६७ मा सम्पर्क गर्न सक्नुहुनेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस