शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास
Breaking News

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो ।
भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उहाँको भनाई थियो ।

भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताउनुभयो ।
महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

विज्ञापन

भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालिन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो ।
।  बोर्डले वर्षेनी आफ्ना क्षेत्र र उपभोक्ताको संख्या विस्तार गर्दै भएपनि जिर्ण भवनबाटै सेवा दिदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ ।
भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ ।  भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजार बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो ।
२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्नु गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ ।  यसअघि साघुरो र जिर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताउनुभयो । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस