शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने
समाचार

आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने

मुग्लिन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ ।चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका(५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताउनुभएको हो ।

 

विज्ञापन

सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताउनुभयो । इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उहाँको भनाइ छ ।

विज्ञापन

“चेपाङ बालबालिकाका लागि एउटा नमूना आवासीय विद्यालय भवन निर्माण गरी सञ्चालन गर्ने तयारीमा छौँ, सकेसम्म सरकारी तवरबाट नभए अन्य ठाउँबाट स्रोत जुटाएर विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु”, सभापति लामिछानेले भन्नुभयो ।

कार्यक्रममा सहभागीहरूले ग्रामीण सडक, सञ्चार, शिक्षा, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्याबारे विभिन्न गुनासो राखेका थिए । कतिपयले सभापति लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे जिज्ञासा राखेका थिए ।रासस

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस