शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • समाचार
  • मेवाको पातको जुसले डेङ्गुका बिरामीलाई साँच्चै फाइदा गर्छ ?
समाचार

मेवाको पातको जुसले डेङ्गुका बिरामीलाई साँच्चै फाइदा गर्छ ?

काठमाण्डौं। देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् ।

समयमै उपचार नपाए डेङ्गु घातक पनि हुन सक्छ । जसरी डेङ्गुका बिरामी बढ्दै गएका छन्, त्यसको रोकथामका लागि सबैले पहल गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । बालबालिका र वृद्धवृद्धाहरूमा डेङ्गुको अवस्थाले गम्भीर लक्षण निम्त्याउन सक्छ, जसका लागि सावधान रहनु अत्यन्त आवश्यक छ । कसैलाई डेङ्गुको लक्षण देखिएको छ भने समयमै चेकजाँच गराउनुस् ।

विज्ञापन

डेङ्गुमा मेवाको पातको जुस ?

विज्ञापन

डेङ्गु हुँदा मेवाको पातको जुस खानु पर्छ भनेर हामीले कयौं पटक सुनेका छौं । डेङ्गुका बिरामीमा प्लेटलेट कम हुने समस्या बढी देखिन्छ । मेवाको पातको रस प्लेटलेट काउन्ट बढाउन सहयोगी हुने मानिन्छ । तर डेङ्गुका रोगीका लागि मेवाको पातको रस साँच्चै फाइदाजनक छ त ?

यसको सेवनले प्लेटलेट्स काउन्ट बढाउन सकिन्छ ? मेवाको फल र यसको पातको रस दुवैले धेरै स्वास्थ्य लाभ प्रदान गर्न सक्छ भनेर कयौं अध्ययनले देखाएका छन् । त्यसो भए यसलाई डेङ्गुको उपचारको रूपमा प्रयोग गर्न सकिन्छ त ?

डेङ्गुको अहिलेसम्म कुनै खास उपचार नभए पनि यसको लक्षण नियन्त्रणका लागि केही औषधि दिइएको छ । मेवाको पातको जुस यसमा फाइदाजनक छ कि छैन भनेर बुझ्न चिकित्सकको टोलीले डेङ्गुका बिरामीलाई मेवाका पातको जुस खान दिएका थिए । यस क्रममा मेवाको पातमा प्लेटलेट्स काउन्ट बढाउने क्षमता पाइयो ।

एक अध्ययनअनुसार, मेवाको पातलाई डेङ्गु प्रभावित क्षेत्रमा थ्रोम्बोसाइटोपेनियाको उपचारमा प्रयोग गरिएको पनि भेटिएको छ । थ्रोम्बोसाइटोपेनिया भनेको रगतमा प्लेटलेटको संख्या कम भएपछि उत्पन्न हुने स्थिति हो । प्लेटलेट्सले रक्तस्राव रोक्न र रगतलाई जमाएर घाउ निको पार्न मद्दत गर्छ । त्यसैले प्लेटलेट कम हुँदा डेङ्गुमा रक्तश्रावको जोखिम बढ्छ ।

डेङ्गुका बिरामीले मेवाको पातको जुस पिउने कि नपिउने ?

अब प्रश्न उठ्छ, डेङ्गु लागेका बिरामीले मेवाको पातको जुस पिउने कि नपिउने ? डेङ्गुलाई गम्भीर मानिन्छ । यसका कारण मान्छेको ज्यानै पनि जान सक्छ । त्यसैले तपाईँमा पनि यसका लक्षणहरू देखिएका छन् भने एक पटक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुहोस् । डेङ्गुका लक्षणहरू कम गर्न मेवाको पातको रस लाभदायक हुन सक्छ । तर यसको सेवन पनि हचुवाको भरमा नभएर चिकित्सकको सल्लाह बमोजिम मात्रै गर्नुपर्छ । हचुवाका भरमा गर्दा यसले अन्य क्षति निम्त्याउन सक्छ । कतिपयले यसलाई आफूखुशी सेवन गर्दा झन ठूलो समस्या बनेको अस्पतालको आईसियुसम्म पुग्नु परेका घटना पनि छन् । (एजेन्सी) 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस