शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • पोषक तत्त्वले भरिपूर्ण भुइँ कटहर, क्यान्सरको जोखिम कम गर्न प्रभावकारी
समाचार

पोषक तत्त्वले भरिपूर्ण भुइँ कटहर, क्यान्सरको जोखिम कम गर्न प्रभावकारी

काठमाडौं । भुइँ कटहर पोषक तत्त्व, एन्टिअक्सिडेन्टस् र इन्जाइमहरूले भरिपूर्ण फल हो । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज, फोलेट, फस्फोरस, जिङ्क, भिटामिन ए र भिटामिन के प्रचुर मात्रामा पाइन्छ ।

यो तपाईंको स्वास्थ्यका साथै छालाको लागि पनि फाइदाजनक मानिन्छ, किनभने यसमा धेरै भिटामिन सी हुन्छ । आउनुहोस्, भुइँ कटहरका केही अचम्मका फाइदाबारे जानौँ-

विज्ञापन

तौल घटाउन प्रभावकारी

विज्ञापन

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भुइँ कटहर यसको लागि उत्कृष्ट फल हो । यो तौल घटाउनको लागि उपयुक्त छ किनभने यसमा अधिक फाइबर र कम क्यालोरी र कार्बोहाइड्रेट हुन्छ । यसले तपाईंलाई हाइड्रेटेड राख्न मद्दत गर्दछ साथै भोक नियन्त्रण गर्न र धेरै खानबाट बच्न मद्दत गर्दछ ।

क्यान्सर को जोखिम कम

भुइँ कटहरमा धेरै मात्रामा भिटामिन सी, एन्टिअक्सिडेन्ट र उच्च मात्रामा फाइबर हुने भएकोले यसले क्यान्सर निम्त्याउने फ्री रेडिकलको उत्पादनलाई रोक्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

भुइँ कटहरमा म्यांगनीज र भिटामिन सी दुवै राम्रो मात्रामा पाइन्छ । म्यांगनीज एक एन्टिअक्सिडेन्ट हो, जसले मेटाबोलिजम वृद्धिमा मद्दत पुर्‍याउँछ । भिटामिन सी रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै प्रभावकारी हुन्छ । यी महत्त्वपूर्ण भिटामिन र खनिजहरू साथै एन्टी–इन्फ्लेमेटरी गुणहरूले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ ।

पाचनमा सुधार

भुइँ कटहरमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले पाचनमा मद्दत गर्छ र प्रोटिनलाई तोड्न मद्दत गर्छ । यसमा उच्च फाइबर र पानीको मात्रा बढी हुने भएकोले भुइँ कटहरले नियमित र स्वस्थ पाचन प्रणालीलाई कायम राख्न र कब्जियत रोक्न मद्दत गर्दछ ।

मुटुको लागि फाइदाजनक

भुइँ कटहरमा पाइने उच्च फाइबर, पोटासियम र भिटामिन सी मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यी पोषक तत्त्वहरूले कोलेस्ट्रोलको स्तर र रक्तचापलाई कायम राख्न मद्दत गर्न सक्छ, जुन हृदयसम्बन्धी समस्याहरूको प्रमुख कारणहरू हुन् । यसले स्ट्रोक र मिर्गौलाको पत्थरी बन्ने जोखिमलाई कम गर्न मद्दत गर्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस