मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी,एकै वर्षमा सात हजार आए
Breaking News

भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी,एकै वर्षमा सात हजार आए

चितवन ।

भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।

विज्ञापन

 

विज्ञापन

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाई सरी अन्यत्र जानका लागि एक हजार दुई सय १५ परिवारले दर्ता गराएका छन् । यन्यत्र जाने परिवारको सङ्ख्या दुई हजार आठ सय १४ रहेको छ । महानगरको सहरी क्षेत्रमा बसाई सरेर घर बनाउनेको सङ्ख्या उच्च छ ।

 

जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार नौ सय ३९ घरधुरी छ । महानगरपालिकामा रहेका घरधुरीमध्ये ३३ हजार सात सय २५ घरधुरीको व्यक्तिहरु बैदेशिक रोजगारीमा छन् । विशेष गरी गोरखा, लमजुङ्, तनहुँ, बाग्लुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाई सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार महानगरका वडा नं १०, ११, १२, ७, ८ र ९ वडाका बजार क्षेत्रहरुमा बसाई सरेर आउने बढी छन् । कतिपय छिमेकी जिल्लाबाट बसाई सरेर आएका परिवारहरु महानगरका ग्रामीण क्षेत्रमा आई कृषि तथा पशुपालन पेशामा समेत संलग्न रहेको उहाँको भनाइ छ । रासस

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस