सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • समाचार
  • कम उमेरमै तालु खुइलियो ? हुन सक्छ ‘एलोपेसिया’
समाचार

कम उमेरमै तालु खुइलियो ? हुन सक्छ ‘एलोपेसिया’

काठमाडौ(एजेन्सी) । आजकल धेरै मानिसमा कपाल झर्ने समस्या हुन्छ । कम उमेरमै तालु खुइले हुनेको संख्या बढिरहेको छ । तपाईंको कपाल सामान्यभन्दा बढी झरिरहेको छ भने सावधान हुनुपर्छ ।

यदि तपाईंको कपाल गुच्छामा झरिरहेको छ भने यो एलोपेसियाको संकेत हुन सक्छ । यस अवस्थामा कपाल झर्ने क्रम निरन्तर बढ्दै जान्छ र स्काल्पमा गोलो आकारका खाली ठाउँ बन्न थाल्छन् जसलाई एलोपेसिया एरिटा भनिन्छ ।

विज्ञापन

एलोपेसियाबाट ग्रसित पुरुषको कपाल अगाडि र साइडबाट झर्छ । महिलाको भने टाउकोको बीच भागबाट झर्न थाल्छ ।

विज्ञापन

कपाल कमजोर हुनु, दाह्री र परेला झर्नु, टाउकोका कपाल ठाउँ–ठाउँबाट झर्नु, टाउकोमा सेतो दाग र रेखा देखिनु एलोपेसियाका लक्षण हुन् ।

एलोपेसिया किन हुन्छ ?

जब इम्यून सिस्टमले कपालको जरामा आक्रमण गर्छ, तब एलोपेसियाको समस्या देखा पर्छ । यो एक अटोइम्यून रोग हो जसमा शरीरको इम्यून सिस्टमले कपालको जरामा आक्रमण गर्छ । यस अवस्थामा टाउकोका कपाल पूर्ण रूपमा झर्छन् ।

एलोपेसिया बाट कसरी बच्ने ?

एलोपेसिया पूर्ण रूपमा निको पार्ने कुनै उपचार छैन । तर, कपाल झरेको ठाउँमा स्टेरोइड इन्जेक्सन, कोर्टिसोन ट्याब्लेट, लेजर र लाइट थेरापी उपचारको मद्दतले यसलाई नियन्त्रण गर्न सकिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस