सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • Breaking News
  • चितवनका सबै इट्टा उद्योग बन्द, ५ हजार बढीले रोजगारी गुमाए
Breaking News

चितवनका सबै इट्टा उद्योग बन्द, ५ हजार बढीले रोजगारी गुमाए

सुदीप थापा ।
चितवन । चितवनमा सञ्चालित सबै इट्टा उद्योगहरु १ वर्षदेखि पूर्ण रुपमा बन्द भएका छन् । इट्टा उघोग बन्द हुँदा
उघोगीहरु अन्य व्यवसायमा हात हालेका छन् । यसमा आश्रित करिब ५ हजार जनाले रोजगारी गुमाएका छन् । चितवन इट्टा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले बन्द भएका उद्योग पुन: सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताउनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार ३० वर्षअघि ४४ वटा उघोग सञचालनमा थिए भने १ वर्षअघिसम्म १८ वटा सञ्चालनमा थिए ।
विभिन्न प्राविधिक समस्याका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको अध्यक्ष सापकोटा बताउनुहुन्छ।
बढ्दो सहरीकरण, माटोको अभाव, माटो आयात गर्न र निकाल्न कानुनी जटिलता, अस्वस्थ प्रतिस्पर्धालगायतका कारणले इट्टा उद्योग बन्द भएको व्यवसायीहरु बताउछन् ।

विज्ञापन

यहाँ उत्पादित इट्टा गोरखा, कास्की, तनहुँ, बाग्लुङ, बेनीलगायतका जिल्लामा निर्यात हुने गर्दथ्यो ।

विज्ञापन

पछिल्लो समय परम्परागत माटो पकाएर तयार पारिने इट्टाबाहेक ‘होलो कंक्रिट ब्लक, लाइट वेट ब्रिक र कम्प्रेस्ड प्रविधिमा आधारित इट्टा प्रयोग गर्नेको संख्या बढेको छ।
सस्तो, कम समय धेरै काम गर्न सकिने, पानी तथा ध्वनी प्रतिरोधात्मक, वातावरणमैत्री जस्ता विशेषता भएकाले यसतर्फ आकर्षण बढ्दै गएको व्यापारीहरु बताउँछन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस