मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • Breaking News
  • फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी नेपाली बजारमा
Breaking News

फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी नेपाली बजारमा

काठमाडौँ। फ्रेस एयर प्रविधि, एयर प्युरिफाई र एयर कन्डिसनर गरी तीन वटै सिस्टम एकै ठाउँमा भएको एसी नेपाली बजारमा भित्रिएको छ । टेस्ला ब्राण्डमा भूलक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधिको एसी नेपाली बजारमा भित्र्याएको हो ।

टेस्ला ब्राण्डको ‘टि-फ्रेस सिरिज’को यो एसी ‘ब्लु मिनी विङ आईआई’ हो । यस्तो विशेषता भएको एसी नेपाली बजारमा पहिलो भएको कम्पनीका संस्थापक किरण आचार्यको दाबी छ ।

विज्ञापन

“अहिलेसम्म बजारमा फ्रेस एयर फ्यान, एयर प्युरिफायर र एसी अलग-अलग पाउने अवस्था थियो”, आचार्य थप्छन् “अब ग्राहकले आफूलाई आवश्यक पर्ने सवै विशेषताहरू एउटै एसीमा आएको छ ।”

विज्ञापन

एसीमा ब्लु मिनी विङ फ्रेस एयर डक्ट सिस्टम, ६० एमक्यु/एचको ठूलो फ्रेस एयर राखिएको छ । साथै एसी राख्नका लागि घर वा कार्यालयको भित्तामा अतिरिक्त प्वाल पार्नु नपर्ने गरी एसी बनाइएको छ ।

एसीमा रियलटाइममा हावाको गुणस्तर सहजै जानकारी पाउन सकिनेछ । फ्रेस हावा फिल्टर गर्नका तथा शुद्धीकरणका लागि ४ तहको फिल्टर पद्धति समेत एसीमा जडित छ ।

एसीमा स्मार्ट वाईफाइ कन्ट्रोल सिस्टम राखिएकाले आफू घर बाहिर भएको अवस्थामा मोबाइलबाटै खोल्न र बन्द गर्न सकिनेछ । यस्तै एसीको सरसफाइका लागि प्रयोगकर्ताले तनाव लिनुपर्दैन । किनकी एसीको स्वचालित प्रविधिले आफैँ सफा गर्नेछ ।

चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म नि:शुल्क सर्भिसिङ सुविधासहित उपलब्ध भएको आचार्यले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस