बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • एक्सपर्ट चितवनले मनायो २१औं वार्षिकोत्सव
समाचार

एक्सपर्ट चितवनले मनायो २१औं वार्षिकोत्सव

चितवन ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ ।
बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा विभिन्न विधाको पुरस्कार वितरणको साथै केक काटेर वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय÷कलेज फुटसल फेस्टाका विजेता, उपविजेता, सेमीफाइनलमा पुगेका २ टिम, भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट लिगको समयमा गरिएको फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।
अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने नारायणी नमुना मावि दोस्रो स्थानमा चित्त बुझाएको थियो । विजेता तथा उपविजेतालाई नगद ३० हजार, २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको हो । यस्तै सेमीफाइनल पुगेका दुई टिमलाई ७÷७ हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएका एपेक्सका विश्वास गुरुङलाई समेत नगदसहित सम्मान गरिएको छ ।
यसैगरि फोटो प्रतियोगितामा विजेता बनेका नारायणी नमुना माविका उमेश महतोलाई नेपालका पूर्व क्रिकेट टिमका कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हस्ताक्षरसहितको ब्याट प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारी, हिसानका केन्द्रीय सदस्य भुपेन्द्र धिताल, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि उप–प्रमुख अधिकारीले एक्सपर्टले व्यवसाय मात्र नभई सेवा समेत गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विदेश जान विद्यार्थीहरुलाई रोक्न नसक्नु सबै तहका सरकारकै कमजोरी रहेको भन्दै सकेसम्म युवाहरुलाई स्वदेशमै राख्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
एक्सपर्टले वार्षिकोत्सव मनाउँदै अन्तर÷विद्यालय कलेज फुटसल फेस्टा, निःशुल्क आँखा परीक्षण शिविर, तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित असाहय वृद्धवृद्धाहरुलाई भोजन, लत्ताकपडा र फलफूल वितरण गरेको थियो भने एक्सपर्ट रत्ननगरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

विज्ञापन

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।
भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस