Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • Breaking News
  • महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै
Breaking News

महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । जारी महिला एशिया कपमा विजयी शुरुवात गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ ।

आज साँझ ७: १५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।

विज्ञापन

नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि खेल्दै छन् ।
समुह ए मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

विज्ञापन

नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

एशिया कप खेल्ने नेपाली टिम:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस