Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • यस्ता तरकारीको बोक्रामा लुकेको हुन्छ पोषण
समाचार

यस्ता तरकारीको बोक्रामा लुकेको हुन्छ पोषण

काठमडौ । धेरै जसो तरकारी बोक्रा निकालेर खाने गरिन्छ । तर, केही तरकारीका बोक्रामा थुप्रै पोषक तत्व हुन्छन् । जसलाई हटाउँदा पोषक तत्व पनि नष्ट हुन्छन् ।

त्यसैले कस्ता तरकारी बोक्रासँगै खानु फाइदाजनक हुन्छ भन्नेबारे आज जानौं ।

विज्ञापन

आलु

विज्ञापन

धेरै मानिस आलुको बोक्रा निकालेर खान्छन् । तपाईंलाई थाहा छैन होला, आलुको बोक्रामा पोटाशियम, आइरन, भिटामिन सी, ए जस्ता पोषक तत्व पाइन्छन् । त्यसैले राम्रोसँग सफा गरेर आलुको बोक्रासँगै यसलाई पकाउनु फाइदाजनक हुन्छ ।

मुला

कतिपयले मुलाको पनि बोक्रा फालेर खाने गर्छन् । तर, मुलाको पनि बोक्रामा फाइबर, पोटाशियम, जिंक, क्याल्सियम सहित कयौं पोषक तत्त्व पाइन्छन् ।

काँक्रा

त्यसो त काँक्राको बोक्रा सहित नै खाने गरिन्छ । तर, कतिपयले यसको पनि बोक्रा फाल्छन् । काँक्रा बोक्रासँगै खाँदा जिंक, फाइबर, एन्टीअक्सीडेन्ट्स जस्ता पोषक तत्व पाइन्छन् ।

शखरखण्ड

शखरखण्डका बोक्रामा भिटामिन ई, बीटा क्यारोटिन सहित कयौं पोषक तत्व पनि हुन्छन् । त्यसैले यो पनि बोक्रासँगै खानु फाइदाजनक हुन्छ ।

फर्सी

फर्सी स्वास्थ्यका लागि रामवाण तरकारीको रुपमा मानिन्छ । यो पकाउँदा धेरैले बोक्रा फाल्छन् । तर, यसको बोक्रामा पनि भिटामिन ए, आइरन, पोटाशियम जस्ता विभिन्न पोषक तत्वहरु हुन्छन् ।

लौका

लौकाको तरकारी पनि बोक्रा फालेरै बनाउने गरिन्छ । तर, यसमा पनि फाइबर, भिटामिन सी, एन्टीअक्सीडेन्ट्स र अन्य धेरै पोषक तत्वहरु पाइन्छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस