शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • समाचार
  • मोक्षलयमा डान्स र जुम्बाको कक्षा
समाचार

मोक्षलयमा डान्स र जुम्बाको कक्षा

चितवन । भरतपुर ७ नगर विकास प्लटिङ्गमा रहेको मोक्षलय मल्टीप्रपोजमा विहान र बेलुका डान्स र जुम्बाका कक्षा सञ्चालन आएको छ । भरतपुरका दुई युवा मनिष पौडेल र रुपक घिमिरेले सञ्चालन गरेको यस संस्थाले विहानको समयमा जुम्बा र बेलुकी डान्स कक्षा चलाइरहेका छन् ।

यी कक्षा बाहेक तेक्वान्दो, एक्टिङ्, ईभेन्ट म्यानेजमेन्ट, डिजिडल एर्भटाइजलगायतका कामहरु गर्ने गरेको छ । नेपालमा पनि सम्भावना छ भन्ने कुरालाई प्रमणित गर्न मोक्षालय स्थापना गरिएको हो ।
अहिलेको ब्यस्त जीवनमा नियमित व्यामको महत्व बढदै गइरहेकाले थोरै समयमा स्वस्थ जीवनशैलीका लागि विभिन्न कक्षा सञ्चालन गरेको अध्यक्ष मनिष पौडेलले बताए ।

विज्ञापन

अहिले सुरुवाती समयमा पनि डान्स र जुम्बाका कक्षामा आउनेको संख्या राम्रो रहेकाले उत्साहित छौ पौडेलले भने । दक्ष तथा अनुभवी शिक्षकबाट डान्स र जुम्बाको कक्षा सञ्चालन भइरहकाले सिक्न आउने विद्यार्थीको सख्या वृद्धि हुदै गइरहको संस्थाले जनाएको छ । कक्षाहरुमा आवद्ध हुन मासिक २ हजार।रुपैयाँ लाग्ने अध्यक्ष घिमिरेले बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस