Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • तामा वा माटाे कुन भाँडामा राखिएकाे पानी शरीरका लागि फाइदाजनक ?
समाचार

तामा वा माटाे कुन भाँडामा राखिएकाे पानी शरीरका लागि फाइदाजनक ?

काठमाण्डौ । गर्मीमा कसैले एक गिलास चिसो पानी हातमा दियो भने मनलाई ठूलो शान्ति मिल्छ । तर, यसले शरीरमा भने धेरै हानी पुर्‍याउन सक्छ । त्यसैले पानी पिउँदा केमा, कसरी पिउने भन्ने ध्यान दिनुपर्ने विज्ञहरू सुझाउँछन् ।

धेरैजसो मानिसमा माटाको भाँडोको पानी पिउनु राम्रो हो कि तामाको भाँडाको पानी पिउनु बढी राम्रो भन्ने दुविधा छ । यदि तपाई पनि यो प्रश्नमा अल्झिएको हुनुहुन्छ भने यहाँ जवाफ भेट्नुहुनेछ ।

विज्ञापन

तामा वा माटाको भाँडा कुन फाइदाजनक ?

विज्ञापन

आयुर्वेदका अनुसार पानी पिउनका लागि माटाको भाँडा सबैभन्दा उत्तम मानिन्छ । आयुर्वेदका अनुसार आकाश, वायु, अग्नि, जल र पृथ्वी सबै पञ्च तत्व हुन् । जुन कुराको प्रयोग प्राकृतिक हुनेछ । यदि माटाको भाँडामा राखिएको पानी खाइएमा हामी प्रकृतिसँग नजिक हुनेछौं ।

त्यसैले मानिसहरूले माटाको भाँडाको पानी मात्र पिउनुपर्छ। वास्तवमा, गर्मीमा हाम्रो शरीर कमजोर हुन्छ, यस्तो अवस्थामा माटाको भाँडाको पानी पिउनु धेरै फाइदाजनक हुन्छ। यसले पित्त सन्तुलन कायम राख्छ र पेटसम्बन्धी समस्याहरू हटाउँछ।

तर, यदि तामाको भाँडाको पानी नियमित पिइएको खण्डमा भने यसले केही स्वास्थ्य समस्या सिर्जना गर्ने विज्ञहरू बताउँछन् । धेरै पटक तामाको भाँडोमा राखिएको पानी पिउने हो भने शरीरमा तामाको मात्रा बढेर वाकवाक लाग्ने, बान्ता हुने, लुज मोशन हुने, ग्यास हुने जस्ता समस्याहरु निम्त्याउन सक्छ ।

माटाको भाँडामा राखेको पानी पिउँदाका फाइदाहरू

पाचन क्रियामा सुधार हुनुका साथै प्रतिरक्षा प्रणाली बलियो रहन्छ ।

पेट चिसो हुन्छ र गर्मीको खतरा कम हुन्छ।

यसले पेटलाई शान्त पार्छ, छालाको फोहोर हटाउँछ र छालामा चमक ल्याउँछ।

यो पानी पिउनाले शरीरलाई आवश्यक मिनरल्स प्राप्त हुन्छ ।

शरीरमा आइरनको कमी हट्छ ।

तामाको भाँडोमा पानी पिउनुको साइड इफेक्ट

आयुर्वेदका अनुसार तामाको भाँडाको प्रयोग नगर्न सल्लाह दिइएको छ, किनकि आजको जीवनशैली अनुसार मानिसको मुख्य समस्या नै पाचन भइरहेको छ । तर, तामाको भाँडामा राखिएको पानी नियमित पिएमा भने पाचनलगायत सम्बन्धी समस्या देखिन थाल्नेछ ।

तामाको भाँडोमा राखिएको पानी सिमित मात्रामा पिउने हो भने ठिकै छ तर, धेरै पटक प्रयोग गर्दा कलेजोमा हानी हुन्छ । एजेन्सीबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस