शुक्रबार, कार्तिक २१, २०८२
  • होमपेज
  • समाचार
  • बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी
समाचार

बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी

काठमाडौं। वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा योगेश राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

विज्ञापन

रोहित श्रेष्ठ र जीवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ परेका राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस