आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्छः भण्डारी
समाचार

सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्छः भण्डारी

काठमाडौं।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्ने बताएका छन् । शनिबार बुटवलमा होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरे ।

विज्ञापन

 

विज्ञापन

ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उनले बताए । अपवादबाहेक अधिकांश नेताहरू देश बनाउन नभई आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ । सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायी समस्यामा परेका उनले टिप्पणी गरे । जनप्रतिनिधिलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको उनको भनाइ थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस