Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम
Breaking News

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौँ । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहाल र चीनको सिगात्से सहरका प्रमुख वाङ फाङ होङबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो।

। समझदारीपत्रमा दुई सहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले सहयोग आदानप्रदान गर्ने उल्लेख छ। त्यसैगरी साझा समृद्धि र विकासलाई प्रवर्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।

विज्ञापन

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका प्रमुख रेनु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी गर्नुभयो । उहाँले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबीच प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञापन

उक्त भगिनी सम्बन्ध पाँच वर्षका लागि मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब विनोद प्रकाश सिंह, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र कुमार राना, प्रेस विज्ञ सल्लाहाकार सुरेशचन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।
गत भदौमा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले सिगात्सेलगायत चीनका अन्य सहरको भ्रमण गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस