मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरको ग्रामिण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु
Breaking News

भरतपुर महानगरको ग्रामिण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु

चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ ।
भरतपुरको वडा नम्बर १८ मा सोमबार (आज) वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गर्नुभयो ।
यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गर्नुभयो । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।
भरतपुरमा ६५० किमी सडक कालोपत्रे भईसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथामिकतामा राखेको छ ।
वृक्षरोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षरोपणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षरोपणमा सहयोग गर्न अपिल गर्नुभयो ।
सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षरोपण तथा सरसफाई गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउनुभयो । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गर्नुभयो ।
लक्ष्मी सनराईज बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत विरुवा तथा रिङ उपलब्ध गराएको थियो ।
भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम गर्दै आईरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस