Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • भूकम्प पीडितका लागि माओवादी केन्द्रको ५० लाख सहयोग
समाचार

भूकम्प पीडितका लागि माओवादी केन्द्रको ५० लाख सहयोग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरुको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरुलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

 

विज्ञापन

उनले भने, ‘बैठकले पीडितहरुको उद्धारका लागि रु.५० लाख दिने निर्णय भएको छ । सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ ।’ यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिइएको छ ।

विज्ञापन

राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस÷मोर्चा लगायतलाई निर्देशन दिएको साहले बताए । शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६ दशमलब ४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो भने २५६ जना घाइते भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस