Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • Breaking News
  • भूकम्प प्रभावितलाई १ करोड आर्थिक सहयोग गर्ने भरतपुर महानगरको निर्णय
Breaking News

भूकम्प प्रभावितलाई १ करोड आर्थिक सहयोग गर्ने भरतपुर महानगरको निर्णय

चितवन । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।
प्रमुख दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्ययान्न सहयोगका लागि सम्पूर्ण भरतपुरबासी आह्वान गर्नुभएकाे छ ।
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षती भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन् । मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस