Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • माडीको बघौडा अस्पताललाई विषेशज्ञ अस्पताल बनाउने मन्त्री जोशीको प्रतोवद्धता
समाचार

माडीको बघौडा अस्पताललाई विषेशज्ञ अस्पताल बनाउने मन्त्री जोशीको प्रतोवद्धता

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले माडीको बघौंडा अस्पताललाई विशेषज्ञ अस्पताल बनाउन आवश्यक बजेट विनियोजन गर्ने’ प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा अन्तरङ्ग विभागको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले यस्तो बताउनुभएको हो । माडीका जनप्रतिनिधि र राजनैतिक दलहरुले प्रादेशिक अस्पताल बनाउन जोडबल गरिरेको स्मरण गर्दै कुनै एक रोगसम्बन्धी विशेषज्ञ अस्पताल बनाउन आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारका तर्फबाट हनुमानझुलामा ल्याब स्थापनाका लागि आवश्यक सहयोग गर्ने समेत उहाँको प्रतिवद्धता थियो । यसैगरी हाल ५ वटा विद्यालयमा नर्सको व्यवस्था रहेकोमा थप १ वटा विद्यालयमा समेत नर्सको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
यसबाहेक प्रदेश सरकारका तर्फबाट बघौंडा अस्पतालका डाक्टरहरुलाई पोष्टमार्टम तालिम दिइने र अस्पतालमा छात्रवृत्ति करार डाक्टरहरु थप गर्ने तथा थप मेडिकल सामग्रीहरु पठाउने पनि उहाँले बताउनुभयो । अस्पताललाई हुने खाने भन्दा हुँदा खाने वर्गको पहुँच पुराउने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ थियो । प्रदेश स्वास्थ्य मन्त्रीका रुपमा आफूमा सबैले देख्ने, सुन्ने र महसुस गर्नसक्ने गरी काम गर्ने चाहना रहेको उहाँको भनाई थियो ।

उहाँले आफू स्वास्थ्य मन्त्री भएपछि बघौडा अस्पतालको स्तरोन्नतिका लागि २० लाख हनुमानझुलामा ५ लाख बजेट विनियोजन गरि पठाईको जानकारी गराउनुभयो । साथै उहाँले बघौडा अस्पतालका लागि ४० लाख बराबरको आवश्यक स्वास्थ्य सामाग्री पठाईएको पनि बताउनुभयो । उहाँले उक्त सामाग्रीहरुको निरीक्षण समेत गर्नुभएको थियो

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस