चितवन।चितवनबाट पहिलो पटक गैरआवसीय नेपालीले नागरिकताको पाएका छन् । सरकारले गैरआवसीय नेपालीहरुलाई गैरआवासीय नागरिकता दिने निर्णयसँगै जिल्लाबाट पहिलो पटक नागरिकता प्रदान गरिएको हो ।
नागरिकता पाउनेमा अष्ट्रेलिया निवासी श्याम दाहाल रहनु भएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बुधबार नागरिकता हस्तान्तरण गर्नु भएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर-६ स्थायी घर भई हाल अष्ट्रेलिया निवासी श्याम दाहालले मंगलबार वंशजको नागरिकता त्यागी आज गैरआवासीय नागरिकता लिनु भएको हो। विगत १९ वर्षदेखि अष्ट्रेलिया बस्दै आउनु भएका दाहालले नागरिकता पाएसँगै जन्मभूमि आएको महशुस भएको बताउनु भयो। सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिने निर्णयपछि सहज तरिकाले नागरिकता पाएको बताउनुभयो । नेपालमा गर्नु पर्ने आर्थिक कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गैर आवासीय नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न पाईन । आर्थिक कारोबारसमेत गर्न पाईन ।” गैरआवासीय नेपालीहरुले नागरिकता लिनका लागि बुझेर मात्र आउनु पर्ने बताउनुभयो।
अहिले सरकारले गरेको निर्णयले गैरआवासीय नागरिकहरुलाई सहज बनाएको उहाँको भनाई थियो। सुरुवाती समयमा भए पनि सहज तरिकाले नागरिकता पाएको उहाँले जानकारी दिनुभयो।
कार्यालयमा नागरिकता लिन आउने गैरआवसीय नेपालीहरुले नागरिकता बनाउन आएको भए पनि प्रकृया पुर्याउन नसकेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो। उहाँले नागरिकता लिन आउने गैरआवासीय नागरिकहरुले बुझेर मात्र आउन आग्रह गर्नुभयो । उहाँले दाहाललाई गैरआवासीय नागरिकको रुपमा काम गर्ने प्रतिवद्व रहने प्रतिज्ञासमेत गराउनु भयो। नेपालको नागरिकता ऐन २०६३ को दफा ७ क अनुसार नगरिकता प्रदान गरिएको हो ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु