शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • इजरायलमा नेपालीलाई सुरक्षित स्थानमा सारिँदै
समाचार

इजरायलमा नेपालीलाई सुरक्षित स्थानमा सारिँदै

Renu Dahal

काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीहरूलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको छ।

प्राप्त विवरण अनुसार अहिलसम्म ३२ जनालाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ। अझै केहीलाई सार्न बाँकी नै छ।

विज्ञापन

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको त्यहाँ रहेका एक नेपालीले फेसबुक लाइभबाट जानकारी दिएका छन्। उनले अब नेपाल लैजानका लागि पनि नेपाल सरकारसँग अनुरोध गरेका छन्।

विज्ञापन

बर्दियाका लुइस रिजालले आफूहरूलाई तेल अभिभ लगिएको लाइभमा बताए। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका थिए। शनिवार मृत्यु भएका १० जना उनीहरू कै समूहका रहेको बताइएको छ। उनीहरूको समूहमा ४९ जना थिए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस